दफा ३८
कसूरको गम्भीरता बढाउने अवस्था
यस ऐन संहिताको प्रयोजनका लागि देहायका अवस्थाहरुविद्यमान रहेमा कसूरको गम्भीरता बढाएको मानिने छः–
(क) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको बिरुद्ध कसूर गरेको,
(ख) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको,
(ग) विश्वासको दुरुपयोग गरी कसूर गरेको,
(घ) कुनै सार्वजनिक पदको लाभ उठाई वा दुरुपयोग गरी कसूर गरेको,
(ङ) सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नाे पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पुर्याउने वा निजलाई कुनैगैरकानूनी काम गर्न लगाउने नियतले कसूर गरेको,
(च) कुनै सरकारी कार्यालय, सार्वजनिक कार्यालय वा धार्मिक स्थलमा कसूर गरेको,
(छ) पाँच वा पाँचभन्दा बढी व्यक्तिहरु समूहमा आवद्ध भई कसूर गरेको,
(ज) सार्वजनिक शान्ति खलबलिएको, बाढी, पहिरो, भूकम्प वा त्यस्तै प्रकृतिको दैवी प्रकोप भएकोे महामारी पैmलिएको,अनिकाल परेको वा त्यस्तै किसिमको अन्य कुनै सङ्कटको लाभ लिई कसूर गरेको,
(झ) हातहतियार वा विषालु वा विष्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत प्रवाह गरी वा विद्युतीय उपकरणप्रयोग गरी कसूर गरेको वा हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको,
(ञ) एक पटक कैद सजाय पाएको कसूरदारले पुनः कसूर गरेको,
(ट) कुनै पारितोषिक वा आश्वासन वा लाभ पाईवा लाभ पाउने प्रलोभनमा परी कसूर गरेको,
(ठ) आफ्नाे संरक्षण वा नियन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको बिरुद्ध कसूर गरेको,
(ड) कसैलाई यातना दिई वा क्रुर, अमानवीय वाअपमानजन्य व्यवहार गरी कसूर गरेको,
(ढ) एकै वारदातमा एकभन्दा बढी कसूर गरेको,
(ण) एकै वारदातमा एकभन्दा बढी व्यक्तिका बिरुद्ध कसूर गरेको,
(त) कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको,
(थ) थुना, हिरासत, कैद वा नियन्त्रणमा रहेको व्यक्ति बिरुद्ध कसूर गरेको,
(द) कुनै व्यक्तिको सुरक्षाको कर्तव्य भएका व्यक्तिले आपूmले सुरक्षा गर्नु पर्ने व्यक्तिको बिरुद्ध कसूर गरेको,
(ध) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरि जातिहत्या(जेनोसाइड) को उद्देश्यले कसूर गरेको,
(न) कुनै जात, जाति, धार्मिक वा साँस्कृतिक समुदाय बिरुद्ध घृणा उत्पन्न गर्ने उद्देश्यले कसूर गरेको,
(प) मानवता विरुद्धको कसूर गरेको,
(फ) नियोजित वा सङ्गठित रुपमा कसूर गरेको,
(ब) पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मानसिक अस्वस्थताले गर्दा होस ठेगानमा नरहेको वा अपाङ्गताकोकारणले आफ्नो बचाउ गर्न सक्ने स्थितिमा नभएको व्यक्ति वा बालबालिकाको विरुद्ध कसूर गरेको,
(भ) सवारी वा विमान दुर्घटना वा प्राकृतिकप्रकोप पर्दा उद्धार गर्ने काममा खटिँदा कसूर गरेको,
(म) एकपटक कुनै कसूरबाट पीडित भैसकेको व्यक्तिका बिरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको ।